बैंक तथा वित्तिय संस्थाका अत्यावश्यक शाखा मात्रै संचालन
काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका अत्यावश्यक शाखा मात्रै संचालन गरी थोरै कर्मचारी परिचालन गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरैबाट काम गर्न एवं अत्यावश्यक पर्ने शाखाहरु न्युनतम् कर्मचारीहरु परिचालन गरेर सञ्चालन गर्न निर्देशन दिएकोहो ।
राष्ट्र बैंकले सम्पूर्ण बैंकवित्तहरुलाई निर्देशन जारी गर्दै जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा संचालनको लागि कर्मचारीलाई आलो पालो उपस्थित भई काम गर्ने व्यवस्था मिलाउन भनेको छ ।
