Economy News

test

अनलाईन व्यापारलाई प्रोत्साहन

काठमाडौँ – हाल विश्व Covid -19 को महामारीले आक्रन्त छ । यस परिप्रेक्षमा जनताको आवश्यकताहरु पुरा गर्न सरकारको लागि कम चुनौती पुर्ण छैन । केही युवा उद्यमीहरुले आफ्नो आधुनिक ज्ञान र सीपलाई सदुपयोग गर्दै सानो पँुजीबाट उद्यमशिलताको विकास गरी रहेका छन ।यसले रोजगार, स्वरोजगार संगै नेपाली श्रम वाहिरी खेर जान रोक्नको लागि एवटा महत्वपूर्ण कोसेढुङ्गा बन्ने प्राय निश्चित छ अहिलेको संक्रमणको स्थितीमा एकै स्थानमा धेरै जना जम्मा भएर किनमेल गर्दा जोखिम बड्ने सम्भावनालाई मध्यनजर गर्दै विद्युतीय माध्यमद्वारा घरबाटै खरीद गर्दा जोखिम न्यूनिकरण हुने अनलाईन व्यापार मार्फत धेरै युवा संलग्न छन् । यस्तो प्रकारको व्यापार महामारी नियन्त्रण, रोकथाम गर्न प्रभावकारी सिद्द भएको छ । नेपालका युवा अन्य देशका युवा जतीकै परिश्रमी र प्रतिभावान छन् । भन्ने कुरामा दुई मत नहोला । यस्ता कुराहरुलाई आत्मसाथ गर्दै सरकारले अनलाइन व्यापारमा संलग्न युवाहरुलाई प्रोत्साहन गर्नु आजको टड्कारो आवश्यकता भएको छ ।

सरकारको विद्यमान नीति, नियम र स्पष्ट मार्गचित्र अनलाईन व्यापारको लागि वर्तमान आवस्थामा छिटो भन्दा छिटो नियम कानुनको निर्माण गरी युवा उद्यमीहरुलाई उनीहरुले गरेको उल्लेखनीय कार्यमा सहयोग र आवश्यक समर्थन गर्नुपर्छ जसले यस्ता प्रकारका व्यापार गर्न उसले सुरक्षाका सम्पूर्ण उपायहरुको पालना गर्नु पर्छ ताकी Covid -19 को महामारीबाट बच्न सकियोस् । अतः सरकारले अनलाईन व्यापारलाई हौसला प्रदान गर्न र उक्त व्यवसायमा संलग्न सबैको पीर, मर्कालाई मनन गरी उनिहरुमा भएको जोश, जाँगर र आत्मविश्वासलाई सम्मान गर्नु अपरिहार्य हुन आएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us