Economy News

test

अनलाइन सेयर कारोबारमा जोड

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कोरोना संक्रमणको जोखिम बढेको भन्दै अहिलेको अवस्थामा भौतिक उपस्थिति भन्दा पनि डिजिटल माध्यमबाट सेयरको खरिद बिक्री गर्न आग्रह गरेको छ । लगानीकर्ताको भौतिक उपस्थितिले कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै अनलाइन कारोबार प्रणाली प्रयोग गर्न नेप्सेले आग्रह गरेको हो । नेप्सेले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भौतिक उपस्थिति कम गरी अनलाइन सेयर कारोबार गर्न÷गराउन निर्देशन दिएको हो ।

नेप्सेले सूचना जारी गर्दै सदस्य दलालहरुले नेप्सेसँग गर्नुपर्ने काम कारवाहीका लागि भौतिक उपस्थिति कम गर्न भनेको हो । नेप्सेमा पठाउनुपर्ने कागजातहरु यथासम्भव इमेलमार्फत पठाउन समेत धितोपत्र दलाल कम्पनीलाई आग्रह गरेको छ ।
ब्रोकरले कार्यालय सञ्चालन गर्दा नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड कडाइका साथ पालना गर्नसमेत नेप्सेले निर्देशन दिएको छ । सदस्य दलाहरुलाई अनलाइनमार्फत सेयर कारोबार गर्न गराउनसमेत निर्देशन दिएको छ । सदस्य दलालहरुले पठाउने बैंक ग्यारेन्टी आफ्नो बैंकमार्फत इमेलमा पठाउन समेत नेप्सेले जनाएको छ । यसैगरी संस्थापक सेयरको कारोबार गर्न गराउन सम्पूर्ण कागजात संकलन गरेपछि मात्र नेप्सेमा पेश गर्न, सूचीकृत कम्पनीको नवीकरण शुल्क, सूचीकरण सम्झौताअनुसारका विवरणलगायतका कागजातहरु इमेलबाट पठाउन नेप्सेले निर्देशन दिएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us