झिनो अङ्कले घट्यो नेप्से
काठमाडौँ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरोलो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक आज२.६२ ले घटेर एक हजार ४६२.४८ मा पुगेको छ।
यस्तै सेन्सेटिभ परिसूचक ०.२२ ले घटेर ३०७.३१ मा पुगेको छ । स्टकका अनुसार कूल १८७ कम्पनीको ४२ लाख ५७ हजार १६१ कित्ता सेयर रु एक अर्ब ८१ करोड २५ लाख ५० हजार ३८ मूल्यमा खरिद बिक्री भए।
आज कारोबार भएका कूल १२ उपसमूह मध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । विकास बैंक ४.१८, उत्पादन ५.०३ , अन्य ५.७१ र लघुवित्त १२.४६ ले उकालो लागेको छ । यस्तै, बैंकिङ १.२५ , व्यापार ७.०७ , होटल ३२.९१, जलविद्युत् २.५९, वित्त ०.९४ र निर्जीवन बीमा १५०.४१ , जीवन बीमा ८८.७७ र सामूहिक लगानी कोष ०.०१ ले घटेका छन्।
कारोबारका आधारमा आज नेपाल लाइफइन्सोरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु१७ करोड ४४ लाख १९ हजार ९४७ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै नेपाल पुर्न बीमा कम्पनी रु १४ करोड ८८ लाख ६१ हजार १९४, नबिल बैंक रु नौ करोड नौ लाख नौ हजार ५५, एनआइसी एशिया लघुवित्त रु सात करोड ७९ लाख २० हजार ८५ , एन आइसी एशिया बैंक रु छ करोड नौ लाख ९२ हजार ७९७ बराबरको कारोबार शीर्ष स्थानमा रहे।
श्रीराम सुगर मिल्स ४.९७, नेपाल बैंक लिमिटेड ४.८७, कालिका पावर ४.५५, मितेरी डेभपलपमेन्ट बैंक ४.५३, प्रभु बैंकका लगानी कर्ताले ४.३८ प्रतिशतले कमाए । यस्तै लाइफइन्स्योरेन्सक र्पोरेशन ०.०७ , राष्ट्रिय बीमा कम्पनी ०.१०, ग्लोबल आई एम ई समुन्नत स्किम – १०.११ र नबिल बैंकका लगानी कर्ताले ०.१२ प्रतिशतले गुमाए।
