दोहोरो अंकले बढ्यो शेयर बजार
काठमाडौं – साताको पहिलो दिन आज ९आइतबार० शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ११.३० अंकले बढेर एक हजार ३९२.६८ मा पुगेको छ । नेप्से ०.८२ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.४६ अंकले बढेर २९१.०२ मा पुगेको छ ।
कूल १८७ वटा कम्पनीको ३० लाख ३० हजार ३३१ कित्ता शेयर खरिदबिक्री हुँदा ९१ करोड १६ लाख ४० हजार ७ सय ४० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी एउटा उपसमूहको शेयर भने घटेको छ ।
