Banking News

test

मेगाको नाफा १ अर्ब ५२ करोड

अन्य बैंकको जस्तै मेगा बैंकको पनि नाफा घटेको छ । अन्य बैंकहरूको नाफा २० –२२ प्रतिशतले घटेपनि मेगाको नाफामा भने सामान्य गिरावट आएको हो । बैंकले आज शुक्रबार सार्वजनिक गरको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन छ । यो गत अघिल्लो आर्थिक वर्षको तुलनामा १० करोड ९० लाख रुपैयाँले कम हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कोरोनाको कारण बैंकले प्रभाव गरेको कर्जाको बैंकको किस्ता उठ्न नसक्दा नाफा प्रभावित भएको बैंकले जनाएको छ । बैंकको किस्ता असुली गर्न नसक्दा ठूलै रकम रेगुलेटरी रिजर्भमा राख्नु परेको छ । सो कारणले गर्दा बैंकको वितरणयोग्य नाफा अझै कम छ । कोभिडका कारण कर्मचारी खर्च बढ्न जाँदा यसको असर नाफाम परेको हो । यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड रुपैयाँ छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ४ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो आम्दानी ३ अर्ब ७९ करोड रुपैयाँ थियो । बैंकको सञ्चालन मुनाफा भने २ अर्ब ३३ करोड रुपैयाँबाट घटेर २ अर्ब १५ करोड रुपैयाँमा झरेको छ । बैंकको कर्मचारी खर्च १ अर्ब १५ करोड रुपैयाँबाट बढेर १ अर्ब २५ करोड पुगेको छ भने अन्य सञ्चालन आम्दानी ६२ करोड ९१ लख रुपैयाँबाट बढेर ६६ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पुँजी १० अर्ब ३६ करोड रुपैयाँबाट बढेर १३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष १३ अर्ब ५१ करोड रुपैयाँबाट बढेर १७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।बैंकको खुद ब्याज आम्दानी केही बढेको छ भने सञ्चालन नाफा घटेको छ । त्यस्तै, खराब कर्जा पनि केहि बढेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us