अब सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा ब्रुनईबाट पनि
काठमाडौ – ब्रुनईको ख्यातिप्राप्त सियाममेल रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ । यससँगै ब्रुनईमा रहेका नेपालीहरुले सियाममेल रेमिट्यान्स सेवा प्रयोग गरी अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । उक्त रकम नेपालमा सिटी एक्सप्रेससँग आवद्ध ८ हजार ५ सयभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिनेछ ।ब्रुनईमा रहेका नेपालीहरुले साथसाथै नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सक्नेछन् । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सियाममेल रेमिट्यान्सको तर्फबाट निर्देशकले हस्ताक्षर गरेका छन्।
