Economy News

test

साढे चार अर्ब बराबरको आईपीओ पाइपलाइनमा

काठमाडौं । चालु आर्थिक वर्षमा करिब साढे चार अर्ब बराबरको आईपीओ पाइपलाइनमा छ । विभिन्‍न क्षेत्रका १६ कम्पनीले चार अर्ब ४५ करोड ५५ लाख २८ हजार ७२० रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

बोर्डमा आवेदन दिएका १६ कम्पनीमध्ये ९ वटा जलविद्युत् कम्पनी, १ मर्चेन्ट बैंक, २ बिमा कम्पनी र ४ वटा अन्य कम्पनी छन् । बोर्डले सार्वजनिक निष्कासनका लागि प्राप्त भएका आवेदनहरूको अध्ययन गरिरहेको र केही कम्पनीको आवश्यक कागजात पूरा नभएकाले थप विवरण माग गरिएको जनाएको छ । उपत्यकामा जारी निषेधाज्ञामा पनि बोर्डले काम गरिरहेको र आवश्यक प्रक्रिया पूरा गरेका कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिने प्रक्रिया नरोकिने बोर्डले जनाएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us