Economy News

test

अब शेयर कारोबारको लेनदेन विद्युतीय माध्यमबाट मात्र हुने

काठमाडौं – कोरोना भाईरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै शेयर ब्रोकरहरुले लगानीकर्ताबाट विद्युतीय माध्यम बाट मात्र रकम लिने भएका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डले विद्युतीय माध्यमबाट रकम आदनप्रदान गर्दै बजारलाई अनलाइनमैत्री बनाउन निर्देशन दिएको थियो ।

बोर्डको उक्त निर्देशन पछि शेयर ब्रोकरहरुले कनेक्ट आईपीएसका साथै अन्य वित्तुतीय भुक्तानी सेवाप्रदायकहरुमा आबद्ध हुन लगानीकर्तालाई अपील गरेका छन् । नेपाल स्टक ब्रोकर एशोसिएसनले अहिले पनि चेकबाट ठुलो संख्यामा कारोबारको लेनदेन भईरहेको भन्दै अब उप्रान्त विद्युतीय माध्यमबाट मात्र लेनदेन गरिदिनका लागि लगानीकर्ताहरुलाई आग्रह गरेको छ । विशेष गरी ठूलो रकमका कारोबार गर्ने लगानीकर्ताहरुबाट अहिले पनि ब्रोकरहरुलाई चेकबाट भुक्तानी आउने गरेको छ ।

ठुलो रकमको शेयर कारोबार गर्ने लगानीकर्ताहरुबाट चेकमा रकम लिन नसक्ने प्रष्ट पार्दै एशोसिएसनले सबै किसिमका लगानीकर्ताको कारोबार विद्युतीय माध्यमबाट मात्र गर्ने जनाएको हो । लगानीकर्ताले शेयर बिक्री गरेको रकम खातामा पठाइदिँदा कतिपय लगानीकर्ताको बैंक खाताको विबरण नमिलेर फिर्ता हुने गरेको भन्दै एशोसिएसनले बैंक खाताको विवरण अध्यावधिक गरी अनलाइनबाटै रकम लिन सक्ने व्यवस्था मिलाई दिन पनि आग्रह गरेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us