४ अर्बभन्दा बढीको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ४ अर्बभन्दा बढीको ट्रेजरी बिल जारी गर्ने भएको छ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन भन्दै राष्ट्र बैंकले जारी गर्न लागेको ४ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको आज दिउँसो ३ बजे बोलकबोल आह्वान गर्दैछ ।
राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड रुपैयाँ र १ वर्षका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । यसमार्फत पनि सरकारले आर्थिक स्रोत जुटाउने गरेको छ ।
