Economy News

test

अब देशमै छ रोजगारी” अभियान शुरु

काठमाडौं । अर्थमन्त्री डा. युबराज खतिवडा, अर्थमन्त्रीले प्रख्यात उद्योगपतिहरु, स्किलिंग इकोसिस्टम सरोकारवालाहरु, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिहरुको भेलाका बीच “अब देशमै छ रोजगारी” अभियान सार्वजनिक गरेका छन् । रोजगारी सर्भिस प्रा.लि. र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा, यो अभियान प्रवासी पुनरागमनहरु र अन्य आर्थिक रुपले वञ्चित, समाजिक बहिष्कृत समुहहरुको जीवनयापन आवश्यकताहरुको प्रतिकृया दिन अघिल्ला प्रयासमा निर्मित छ । नवीनता, गुणस्तरीय प्रशिक्षण, रोजगारी र उद्यम स्टार्ट अप सेवालाई फैलाएर तथा विस्तार गरेर तथा सरोकारवालाहरुको दायरा भित्र र बीच मजबुद सहकार्य निर्माण गरेर, युकेएड सीप र रोजगारी सर्भिस रोजगारी, उद्यमशीलता वृद्धि र माइग्रेसनको लाभलाई अनुकूल गर्दै उद्योग र आर्थिक वृद्धि सक्षम बनाउनका लागि काम गरिरहेका छन् ।
अभियानको लोगो र नारा सार्वजनिक गर्दै मन्त्री खतिवडाले यस अभियानको महत्व र समयबद्धता औल्याउँदै भन्नुभयो, “म विश्वस्त छु कि यस्ता बजार नेतृत्व स्किलिंग पहलहरुले गति लिन पाउँनेछन् र सफलतापूर्वक सरकार, निजी क्षेत्र, नागरिक समाज, स्किलिंग पार्टनर, मिडिया र हाम्रा विकास पार्टनरबीच परिकल्पना गरिएको सहकार्य निमार्ण गर्नेछ ।” रोजगारी सृजना र उद्यमशील वर्गको निर्माण महत्वपूर्ण छ र सरकारले स्मार्ट प्रोत्साहन र बजारमैत्री नीतिहरु ल्याइरहेको छ जसले उज्जवल आर्थिक भविष्यलाई सक्षम बनाउन मद्दत गर्नेछ, उनले भने ।
कोभिड—१९ महामारीका कारण रोजगारी गुमाएर अर्को वर्ष मात्र लगभग ७ लाख नेपाली कामदार विदेशबाट फर्किने अनुमान गरिएको छ । यो आसन्न बेरोजगारीको संकटबाट बच्नका लागि नेपालले १० लाख भन्दा बढि रोजगारी सृजना गर्नु आवश्यक छ । “समयमै यो संकटलाई जवाफ दिन हाम्रो असक्षमताले अर्थतन्त्रका सबै क्षेत्रमा प्रतिकूल लहर झल्काउन सक्छ, र हालका दशकमा मिहेनतले हासिल गरेको प्रगतिलाई उल्ट्याउँन सक्छ, युकेएड सीपका टिम लिडर बलजीत बोहोराले आफ्नो प्रिजेन्टेशनको दौरान भन्नुभयो । हाम्रो लक्ष्य भनेको यो सुनिश्चित गर्नु हो कि हामी नेपालको मानव पुँजीलाई उनीहरुको जीवन र जीविकोपार्जन संरक्षण गर्दै यसको लाभ उठाउनु हो ।”
रोजगारी सर्भिसले आफ्नो व्यापक प्ल्याटफर्महरु—वेवसाइट, मोबाइल एपलिकेसन, सामाजिक संञ्जाल, रोजगारी पसल, घुम्ती रोजगारी पसलहरु प्रयोग गरेर पंजीकृत प्रवासी पुनरागमनहरुलाई उचित स्किलिंग, रोजगारी वा स्वरोजगारीका मार्ग जडान गर्न र सुविधा पु¥याउन सहकार्य गर्नेछ । रोजगारी सर्भिस र मेरो जब्सका संस्थापक शैलेन्द्र राज गिरीले उल्लेख गरे, “अब देशमै छ रोजगारी अभियान र युकेएड सीप र अन्यसंगको हाम्रो सामूहिक साझेदारीले नेपालको मानव संसाधनमार्फत र लागि रोजगार, उद्योग र वृद्धि गर्न सहयोग पु¥याउन सामूहिक उत्प्रेरित गर्न सक्दछ । यो समयको आवश्यकता पनि हो ।”
कार्यक्रममा प्यानलिस्टको रुपमा बोल्दै श्रीनगर अग्रो फार्मकी मौशमी श्रेष्ठले भनिन्, “नेपालमा पर्याप्त रोजगारी र उद्यमशीलता सम्भावना छ । कृषिमा मात्र होइन हस्तकला, कपडा, निर्माण र अन्यमा । घरेलु रोजगारी प्रवद्र्धनमा ध्यान केन्द्रित भएको देख्दा म निकै खुशी छु ।” सो अवसरमा उद्योगी व्यवसायीहरु पवन गोल्यान, विष्णु अग्रवाल, रचना थापा र शेखर गोल्छाले देशमा स्किलिंग, रोजगारी सृजना र उद्यमशीलताका लागि उद्योग नेतृत्व सहलगानी मोडल र सहकार्यको महत्वलाई प्रकाश पार्नुभयो ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us