Economy News

test

सहकारीका नाममा वित्तीय क्षेत्रमा जोखिम आउनेमा शंका व्यक्त

काठमाडौं सहकारी बैंक तथा वित्तीय संस्था सहकार्य गरी अघि बढ्न सके अर्थतन्त्रमा समस्या आउन नसक्ने शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् नेपाल सहकारी पत्रकार समाज(सिजेएन)लेसहकारी बैंक तथा वित्तीय संस्थासँग सहकार्य विषयक भच्र्युअल अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीका नाममा वित्तीय क्षेत्रमा जोखिम आउनेमा शंका व्यक्त गरे सहकारीमा प्रभावकारी नियमन हुन नसक्दा  जोखिम बढ्दै गएको यसले समग्र वित्तीय अर्थतन्त्रमा समस्या ल्याउनेमा चिन्ता व्यक्त गरे सहकारीको प्रभावकारी नियमनमा जोड दिन सके वित्तीय क्षेत्र जोखिममुक्त हुने सरोकारवाला व्यक्तिहरुले जोड दिएका छन्

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सहकारीको कारोबारमा शंका गर्ने ठाउँ रहेको बताए शंका गर्दै सहजीकरण गरी अघि बढ्ने हो उनले भने सहकारीलाई निगरानी कानुनी दायरामा ल्याउन थुर्पै काम गर्न बाँकी रहेको उनको भनाइ कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरणलगायत व्यवस्था गरी सहकारीलाई पारदर्शी सदस्यमैत्री बनाइने सचिव पाण्डेले बताए

सहकारीले सदस्यबाट पैसा संकलन गरी आफै सेवा उपभोग गर्ने गरेको बताए सहकारीले सदस्यको हितमा काम गर्नुपर्छ उनले भने बैंकको नाफा हेरेर सहकारीले सदस्य निचोरेर नाफा कुरा गर्न सुहाउँदैन सबै सहकारी बदमास नभएपनि धेरै सहकारीले नाजायज काम गरेको उनको भनाइ सहकारीको तथ्यांक भद्रगोल भएको भन्दै सचिव पाण्डेले सहकारीको एकीकृत सिंगो तथ्यांक ल्याउन तयारी सुरु भएको बताए कोपोमिस सहकारी सूचना केन्द्रमार्फत सहकारीको वास्तविक तथ्यांक ल्याउनले उनले बताए  

सहकारी बैंक सामान्तान्तर नभई सहयोगी पुरक निकायको रुपमा रहेको उनको भनाइ तर सहकारी शहरकेन्द्रीत भई गाउँ नगएकोमा दुःख व्यक्त गरे शहरमा बचत हिनामिना गर्ने सहकारी धेरै भएको उनले बताए सहकारी बैंक तथा वित्तीय संस्थाको सैतोले वा झट्केलो नभई नुन बार्ने दाई भाईजस्तो भएको सचिव पाण्डेले बताए तर सहकारीले बैंक भन्दा बढी ब्याज लिएकोमा गुनासो व्यक्त गरे

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकार भट्टले राष्ट्र बैंकले सहकारीलाई विभेद गर्ने भन्दा पनि सीमारेखाभित्र रहेर वित्तीय सेवा सञ्चालन गरिरहेको बताए सहकारी क्षेत्रको बचत ऋणलाई राष्ट्र बैंकले समेट्ने गरेको उनले बताए सहकारीको नियमन अत्यावश्यक भएको उनको भनाइ सहकारीको डिपोजिट, ऋणलगायत कारोबारको विषयमा हामीलाई चिन्ता उनले भने,‘तर अहिलेको अवस्थामा हामीले सहकारीको नियमन गर्न सक्दैनौं सरकारले सहकारीको नियमन गर्न जिम्मा दिएमा राष्ट्र बैंक नपन्छिने उनले बताए आफूले लाइसेन्स नदिइकन सुपरभिजन गर्न सकिदैँन उनले भने

सहुलियतपूर्ण कर्जा सरकारले उल्लेख गरेर आएमा राष्ट बैंकले सहकारीलाई नरोक्ने उनको भनाइ सहकारीले प्रतिशतमा कर्जा दिन सक्छ कि सक्दैन भन्नेमा आशंका विद्यमान रहेको उनको भनाइ डिजिटल पेमेन्टमा राष्ट् बैंकले समन्वय गर्ने उनले बताए सहकारी विभागले पछिल्लो समयमा सहकारीको ब्याजदर निर्धारण गरेर सहकारी क्षेत्रको छबी परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको बताए सहकारीको कर्जा कृषि क्षेत्रमा न्यून , उनले भने,‘ हामीले बैंकलाई १५ प्रतिशत प्रवाह गर्न भनिरहेका छौं  तर सहकारीले कृषिमा गरेन व्यवसाय मोडालिटीमा जानुपर्छ

सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डे  सहकारीको नियमन गर्न प्राधिकरण लगायत छुट्टै संरचना आवश्यक भएको बताए बैंक तथा वित्तीय संस्थासँग प्रविधिमा प्रतिष्पर्धा गर्न सकिने बताए कामको प्रकृति एउटै हुदाँ पनि बैंक सहकारीमा सहकार्य हुन नसकेको उनले बताए ग्रामीण सहकारी प्रविधिमा जान बैंकसँग सहकार्य गर्नुपर्ने उनले बताए कर्जा सूचना केन्द्र, मनि लन्डरिङ लगायत क्षेत्रमा सहकार्य आवश्यक पर्ने बताए

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष मिनराज कँडेलले सहकारीले ऐनभित्र रहेर वित्तीय सेवा दिइरहेका बताए सहकारी कसैको प्रतिष्पर्धी नभई सरकारको पुरक भएको बताए सहकारी स्वनियमन, स्वअनुशासनमा चल्ने भएपनि त्यस्तो हुन सकेको नियमनको आवश्यकता महसुस गरेको उनले बताए सहकारीले सदस्यको जीवनस्तर बदल्ने, गरिबी न्यूनिकरण गर्न ध्यान दिएको उनले बताए   ‘संविधानको स्प्रिटअनुसार कानुन संशोधन गरेर सहकारीलाई गतिशिल बनाउन सक्नुपर्छ उनले भने

कर्जा सूचना केन्द्र तयारी अन्तिम चरणमा पुगेको कर्जा सूचना केन्द्रसँग सहकार्य गरी एक अर्काको सूचना लिन दिने बताए   सहकारी ऐनले पनि दिएको कारणले कर्जा सूचना केन्द्र कर्जा सुरक्षण कोष छुट्टै चाहिने उनको भनाइ

नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले सहकारीलाई प्रतिष्पर्धीका रुपमा नलिएको बताए सहकारीको भाग खोसेर बैंक अघि बढ्ने होइन उनले भने,‘ ग्रामीण क्षेत्रमा कार्यरत सहकारीलाई सहकार्य गरी हामी अघि बढेका छौं आफैंले कर्जा प्रवाह गर्दैछौं राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले सहकारीले वित्तीय क्षेत्रमा ठूलो काम गरेका छन् सामाजिक आर्थिक रुपान्तरणमा ठूलो काम गरेको उनको भनाइ छ । सहकारीमा कानुनी अस्तित्वमा समस्या ,‘उनले भने,’सहकारीले चेक जारी गर्न किन नपाइने समस्या   नीतिमा एकरुपता हुन सके सहकारी विकासमा समस्या नभएको उनको भनाइ

 

 

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us