Economy News

test

आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन

काठमाडौं । आयरल्यान्डका प्रतिष्ठित उद्योगी तथा व्यापारी भिन्सेन्ट व्यारीको अध्यक्षतामा आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन भएको छ । चेम्बर नयाँ कार्यसमितिका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतमा दीपेशमान शाक्य, अन्य उपाध्यक्षमा प्रा डोरक टर्ली, जीवन तिम्सिना, गणेश प्रसाई र नवराज कोइराला रहनुभएको छ । निर्देशक पदमा रही विभिन्न क्षेत्रको जिम्मेवारी हेर्न प्रकाश माली, बालकृष्ण श्रेष्ठ, राजन काफ्ले, अलान मर्सेल सन्का र ओम अधिकारी चयन हुनुभएको छ । त्यस्तै महासचिवमा एलिसन इरविन, सहसचिवमा चन्द्रकला निरौला तथा अन्य विशिष्ट तथा कार्यकारी सदस्यमा क्रमशः पाट फाल्भी, नियोल हाना, जोन बुर्के, रोव मोर्तेल, टोनी नेशन, शेन रिनान, एन्थोनी करार्ड, इमर कनोली, सराह वेस्ट र विनोद कार्की चयन हुनुभएको छ ।

संस्थाको सल्लाहकारहरुमा क्याथरिन नुन, लिन्डा मेक नल्टी, पिटर वार्यन, मनोजबहादुर श्रेष्ठ, जोन किर्नस, महन्त श्रेष्ठ र गङ्गाराम कँडेल मनोनयन हुनभएको छ । कार्यक्रममा आयरल्यान्डका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठनबाट आयरल्यान्डबाट नेपालमा लगानी अभिवृद्धि गर्न र नेपाली वस्तु तथा सेवाहरुको व्यापार आयरल्यान्डमा विस्तार गर्न थप सहज भई पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्सका नवनिर्वाचित अध्यक्ष भिन्सेन्ट व्यारीले आफू सधैँ नेपालको सच्चा मित्र रहेको स्मरण गराउँदै द्विपक्षीय व्यापार, लगानी र अन्य सहयोगको विस्तारका लागि आफू र आयरल्यान्ड ९नेपाल चेम्बर अफ कमर्स सधैँ सक्रिय रहने जानकारी गराउनुभएको थियो ।

आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत शाक्यले आगामी दिनहरुमा नेपालमा व्यापार र पर्यटन एवं नेपालमा आयरल्यान्डको लगानी विस्तार गर्न क्रियाशील रहने विचार व्यक्त गर्नुभएको थियो । नेपालका लागि आयरल्यान्डका मानार्थ कन्सुलर मनोजबहादुर श्रेष्ठले यस संस्थासँग समन्वय गरी कार्य गर्न आफू इच्छुक रहेको जानकारी गराउनुभएको थियो । नेपाली राजदूतावास, लन्डनका उपनियोग प्रमुख शरदराज आरणले आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्सका नयाँ पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै उहाँहरुको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

–––

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us