Economy News

test

तीन आईपीओको लोडले ‘मेरो सेयर’ पोर्टल सुस्त

काठमाडौं – तीनवटा कम्पनीका आईपीओ जारी भएका बेला सीडीएससीको सर्भरमा अधिक लोड परेका कारण ‘मेरो सेयर’ पोर्टल आज बिहीबार सुस्त चलेको छ। सीडीएससीको मेरो सेयर पोर्टलबाट ३ वटा कम्पनीहरुका आईपीओ आवेदन दिनको अचाक्ली भीड भएपछि सिस्टम केही सुस्त भइरहेको हो।

बुधबार आईपीओ जारी गरेको लिबर्टी इनर्जी र आज बिहीबार समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा घरबाटै आवेदन दिनेको संख्या उल्लेख्य भएकाले समेत जाम भएको सीडीएससी स्रोतको भनाइ छ। स्रोतका अनुसार हाल अहिले लगातार ५० हजारजनाले मेरो सेयरबाट आईपीओ आवेदन आइरहेको छ। काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न ठाउँमा जारी निषेधाज्ञा र लकडाउनका कारणसमेत मेरो सेयरबाट आवेदन दिनेको संख्या अचाक्ली बढेको हो।सीडीएससी स्रोतअनुसार पछिल्लो समयमा जारी भएका आईपीओहरुमा ८० प्रतिशत आवेदन मेरो सेयरबाटै आउने र बाँकी बैंकमै गई फारम भरी आईपीओ भर्ने आस्वा प्रणालीबाट आवेदन परेको स्रोतको जिकिर छ। विशेषगरी लघुवित्त र बीमा कम्पनीका आईपीओ भनेपछि हुरुक्कै हुने लगानीकर्ताहरुले एकैपटक मेरो सेयरबाट आवेदन गर्दा अधिक लोड परेर सिस्टम केही सुस्त चलेको बताइन्छ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us