Economy News

test

आइतबारको सटसेलको कारोबार रद्ध हुने

काठमाडौं ।अनलाईन कारोबार व्यवस्थापन प्रणालीको समस्याका कारण आइतबार  सटसेल भएको कारोबार रद्ध हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० ले आइतबारको कारोबारलाई हेरेर धेरै पटक आदेश भई खरिद विक्री भएका शेयर कारोबार रद्ध गराउने निर्णय गरेको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले टिएमएसको समस्याका कारण लगानीकर्ताहरुले आफ्नो खातामा भएको भन्दा बढी कित्ता शेयर विक्री गर्न दिएको आदेश रद्ध गर्ने निर्णय भएको बताएका हुन ।

नेप्सेको यो निर्णयका कारण लगानीकर्ताहरु क्लोज आउटमा नपर्ने भएका छन् । आइतबार प्राविधिक समस्याका कारण लगानीकर्ताहरुको एउटै खरिद विक्री आदेश धेरै पटक देखिएको थियो । जसले गर्दा लगानीकर्ताहरुलेनै बढी भएको खरिद तथा विक्री आदेश रद्ध गराउन माग गरेका थिए । लगानीकर्ताहरुको माग बमोजिम नेप्सेले अवस्था हेरेर त्यस दिनको दोहोरो कारोबार रद्ध गराउने निर्णय गरेको हो ।

आइतबार टिएमएसको समस्याका कारण निर्धारित अवधिभन्दा एक घण्टा कम कारोबार भएको थियो । नेप्सेले टिएमएसमा समस्या देखिएपछि १२ बजेर ३ मिनेटपछि कारोबार स्थगित गरेको थियो । समस्या समाधान गरी ३ बजेर १५ मिनेटदेखि ५ बजेर १५ मिनेटसम्म खुलेको बजार ४ दशमलव ६४ अंक माथी उक्लिएको थियो ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us