आरएमडीसी लघुवित्तले २० प्रतिशत लाभांश दिने
काठमाडौं । आरएमडिसी लघुुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले बोनस तथा नगद लाभांशको करसहित २० प्रतिशत अर्थात् १७ करोड ९८ लाख ६४ हजार छ सय ८५ रुपैयाँ लाभांश वितरण गर्नेे घोषणा गरेको हो ।
संस्थाको सोमबार बसेको सञ्चालक समितिको तीन सय ४६औं बैठकले हाल कायम रहेको चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार चार सय २५ रुपैयाँमध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । घोषणा गरिएको कुुल लाभांशमध्येमा १५ प्रतिशत अर्थात् १३ करोड ४८ लाख ९८ हजार पाँच सय १३ रुपैयाँबराबरको बोनस सेयर र पाँच प्रतिशत अर्थात् चार करोड ४९ लाख ६६ हजार एक सय ७१ रुपैयाँ नगद लाभांश रहेको छ ।
लाभांश वितरण सम्बन्धमा सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
