आज सुनको मूल्य तोलाकै ९९ हजार ६ सय
काठमाडौं – आज आइतबार सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबार प्रतितोला ९९ हजार तीन सयमा कारोबार भएको सुन आज तीन सयले बढेर रेकर्ड कायम गरेको हो। यसअघि सुनको उच्च मूल्य शुक्रबार थियो।
