Economy News

test

मृदुङ्गाझरनामाआन्तरिक पर्यटकको घुइँचो

पाँचथर । नजिकै सडक पुगेपछि पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको मृदुङ्गाझरनाआन्तरिक पर्यटकको रोजाइमा परेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पहुँचमार्ग र तमोर करिडोर सडक झरनानजिकै पुगेपछि यहाँआन्तरिक पर्यटकको भीडभाड हुनथालेको हो । यो झरनाहिलिहाङ गाउँपालिका वडा नं ३ र ४ को सिमानामा रहेको छ । 

    ठूलाठूला चट्टानका बीचबाट झरेको झरनानिकै आकर्षक र सुन्दर देखिनाले यहाँपर्यटकको भीड लाग्नथालेको हो । मेची राजमार्गबाट हिलिहाङ–१ भालुचोक र फेदापाबाट करिब एक घण्टा यात्रा गरेपछि यो झरनासम्मपुग्न सकिन्छ । सबै प्रकारका सवारीका साधनयहाँसम्मपुग्नसक्ने भएकाले आन्तरिक पर्यटकको चापदिनानुदिन बढिरहेको स्थानीयव्यवसायी सुरेश चापागाईले बताउनुभयो ।

    चापागाईकाअनुसार सडक पुगेपछि झरनामातस्बिर लिने र सामाजिक सञ्जालमाहाल्ने क्रमले यो झरनाप्रचारमाआएको हो । “बाटोकै कारणले ओझेलमा रहेको झरनापर्यटकीय गन्तव्यका रुपमाविकास भएको छ”, चापागाईले भन्नुभयो, “यहाँपाँचथरलगायतविभिन्न छिमेकी जिल्लाबाट आएकामानिसको दैनिकरुपमा भीडभाड हुने गरेको छ ।” सडकले विकास र समृद्धिका अन्यआयामसमेत खोल्दछ भन्ने बलियो उदाहरण बनेको छ यो झरना । यहाँअहिले दैनिक २५० जनाभन्दा बढी पर्यटक आउने गरेको व्यवसायीचापागाईको भनाइ छ । झरनाको २०० मिटर नजिकबाट तमोर करिडोर सडकविस्तार भएको छ । 

    हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसादसिगुकाअनुसार झरनालाई व्यवस्थितपर्यटकीय गन्तव्यबनाउनचालू आव २०७७÷७८ माविस्तृत परियोजनाप्रतिवेदन (डिपिआर) तयार पार्न लागिएको छ । प्रतिवेदनकाआधारमा यस झरनालाई प्राकृतिकरुपमै सुन्दर बनाउने प्रयास गरिने उहाँको भनाइ छ । सडक छेउ सवारी पार्किङ स्थल, सिँढी मार्ग, स्वीमिङ पुललगायत संरचनाआवश्यकभएकाले ती संरचनानिर्माणका कार्यसमेत थालिने वडाध्यक्ष सिगुले बताउनुभयो ।

    यहाँ घुम्न पुग्नु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काप्रदेश कमिटी सदस्यहर्कबहादुर नेम्वाङ मृदुङ्गाझरनापर्यटकीय सम्भावनाको दृष्टिले महत्वपूर्ण भएपनिपूर्वाधारका दृष्टिले शून्यअवस्थामा रहेकाले द्रूतगतिमापूर्वाधार निर्माण आवश्यक रहेको बताउनुहुन्छ । “यहाँपर्यटकको भीड नै लाग्ने गरेको देखियो । पर्यटन प्रवद्र्धनबाट यहाँ ठूलो लाभपनिलिन सकिने रहेछ”, नेम्वाङले भन्नुभयो, “यसकालागि स्थानीयतह र प्रदेश सरकारले लगानीगर्नुपर्छ ।” 

    झरनानिकै सुन्दर र आकर्षक रहेको तथातमोर करिडोर सडक सञ्चालनमाआउनलागेकाले यहाँबाट स्थानीयतहले ठूलो आम्दानीलिन सक्ने नेम्वाङको भनाइ छ । “पूर्वाधार निर्माण र व्यवस्थितप्रचार गर्न सके यहाँबाट सरकारले ठूलो आर्थिक लाभलिन सक्दछ”, नेम्वाङले भन्नुभयो । 

    फिदिम र ताप्लेजुङबाट यहाँपुग्नलामो समय नलाग्ने हुनाले स्थानीयपर्यटकको चाप बढ्दै गएको हो । स्थानीयवासीएवं व्यवसायीचापागाईकाअनुसार यहाँहिउँदमापानीकमहुने गर्छ । सुभाङ खोलाझरनानजिकै रहेकाले त्यहाँकापानीलाई झरनाबाट झार्ने प्रयास गरिनुपर्ने उहाँको भनाइ छ । 

    यस्तै झरनाभन्दामाथि रहेको मन्दिरको जीर्णोद्वार गरिनुपर्ने, आवश्यकअन्यपूर्वाधार निर्माण गरी सरकारी आम्दानीको स्रोत बनाइनु पर्ने स्थानीयवासी खगेन्द्र योङहाङको माग छ । हिलिहाङ गाउँपालिकाले आफ्नो नीतितथाकार्यक्रममाउक्तझरनालाई पर्यटकीय केन्द्र तथामनोरञ्जन स्थलमा परिणत गर्न गुरुयोजनानिर्माण गर्ने उल्लेख गरेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us