Banking News

test

आजदेखि काठमाडौंमा एउटा बैंकका ५ शाखा खुल्ने

काठमाडौं सरकारले लगाएको निषेधाज्ञाका कारण आवत जावतमा समस्या भएको भन्दै सेवा बन्द गरेर बसेका बैंकहरुले आजदेखि काठमाडौं उपात्यकामा वटा शाखा संचलनमा ल्याउने भएका छन् निषेधाज्ञा जारी भएको पहिलो दिन सबै काठमाडौं उपत्यकामा सबै शाखा बन्द गरेका बैंकहरुले शुक्रबार प्रधान कार्यालय सहित वटा शाखा संचालनमा ल्याएका थिए । तर, पछिल्लो समय ग्राहकको चाप थेग्न कठिन भएसँगै आईबारदेखि प्रति बैंक ५ वटा शाखा कार्यालय संचालनमा ल्याउने निर्णय गरिएको निर्णय गरेको बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिए ।

दाहालका अनुसार शुक्रबार काठमाडौं उपात्यकाका ३ वटा जिल्लामा १ र १ वटा शाखा कार्यालय संचालनमा ल्याईने ल्याइएको थियो । तर आज भने प्रधान कार्यालय सहित ५ वटा शाखा कार्यालयबाट आफ्ना ग्राहकलाई सेवा दिईने उनले जानकारी दिए ।‘यस अघि बैंक तथा वित्तीय संस्थालाई सेवा प्रदान गर्न नेपाल राष्ट्र बैंकले पास उपलब्ध गराएको थियो । तर, अहिले कुनै पास नदिएका कारण कर्मचारीलाई कार्यालय आउनजानमै समस्या भएको उनको भनाई थियो । साथै अहिले काठमाडौं उपत्यकामा एउटा बैंकले ३५ जना कर्मचारीबाट मात्रै सेवा दिइरहेको उनले जानकारी दिए ।

सबै बैंकले आफ्नो प्रधान कार्यालय भने खुला राख्ने भएका छन् । मुख्य कार्यालयबाट देशभरका शाखा व्यवस्थापन तथा बैंकको कार्ड विदेशमा समेत चल्ने भएकाले त्यसको समेत व्यवस्थापन गर्नुपर्ने भएकाले मुख्य कार्यालय संचालनमै राखिएको सम्बछ बैंकहरुले जानकारी दिएका छन् ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us