आज पनि बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । आज सुनको मूल्य तोलामा ८ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९८ हजार १ सय निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ५५ रुपैयाँ पुगेको छ ।
