आयात घट्दा भन्सार राजस्वमा गम्भीर अशर
काठमाडौं आर्थिक वर्ष ०७७-७८ को पहिलो महिना (साउन) मा ८५ अर्ब ८० करोड ६७ लाख रुपैयाँबराबरको मात्र आयात भएको छ । अघिल्लो आवको यही अवधिमा १ खर्ब ६ अर्ब रुपैयाँको आयात भएको थियो भने आव ०७५-७६ को साउनमा १ खर्ब २० अर्ब रुपैयाँको आयात भएको थियो ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७-७८ को पहिलो महिना (साउन) मा भएको आयात गत आवको पहिलो महिनामा भएको भन्दा १९.६ प्रतिशत कम हो । गत आर्थिक वर्षको पहिलो महिनामा अघिल्लो आवको भन्दा ९.३९ प्रतिशत कम आयात भएको थियो ।
आयातमा कम आउँदा चालु आवको सुरुदेखि नै निर्यात सुधारोन्मुख देखिएको छ । भन्सारका अनुसार साउनमा ९ अर्ब ६१ करोड ९८ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । गत वर्षको यही अवधिमा ८ अर्ब ८३ करोड रूपैयाँको वस्तु निर्यात भएको थियो ।
निर्यातको वृद्धिदरमा भने केही सुस्तता देखिन्छ । गत आवको साउनमा भएको निर्यात अघिल्लो आवको तुलनामा एकचौथाइले बढेको थियो । आयात घट्दा यसको सीधा प्रभाव व्यापार घाटा र राजस्व संकलनमा परेको छ ।
साउनमा अघिल्लो आवको यही अवधिभन्दा २२ प्रतिशत अर्थात् २१ अर्ब रुपैयाँले कम भएको हो ।
