Economy News

test

स्मार्टको रिचार्ज गर्दा नयाँ अफर

काठमाडौं – मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकमले रिचार्ज गर्दा थप सुविधा प्रदान गर्ने नयाँ अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले रिचार्ज गर्दा थप डाटा, भ्वाइस तथा एसएमएस सुविधा प्रदान गर्ने अफर सञ्चालनमा ल्याएको हो ।

जस अन्तर्गत स्मार्ट प्रयोगकर्ताले १ हजारको रिचार्ज गरेमा ९८०.४ मेन ब्यालेन्स सहित निशूल्क रुपमा थप ६ जीबी डाटा, २ सय मिनेट भ्वाइस तथा २ सय एसएमएस, ५ सयको रिचार्ज गरेमा ४९०.२० मेन ब्यालेन्स सहित निशूल्क रुपमा थप ३ जीबी डाटा, १०० मिनेट भ्वाइस तथा १०० एसएमएस, २ सयको रिचार्जमा १९६.०८ मेन ब्यालेन्स सहित निशूल्क रुपमा थप ८ सय एमबी डाटा, २० मिनेट भ्वाइस तथा २० एसएमएस र १ सयको रिचार्जमा ९६.०४ मेन ब्यालेन्स सहित निशूल्क रुपमा थप ४ सय एमबी डाटा, १० मिनेट भ्वाइस तथा १० एसएमएस प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, यो अफर १ हजार र ५ सय रूपैयाँको रिचार्जको लागि ३० दिनसम्म, २ सय रुपैयाँको रिचार्जको लागि १५ दिनसम्म र १ सय रुपैयाँको रिचार्जको लागि ७ दिनसम्म मान्य हुने पनि कम्पनीले जानकारी दिएको छ । यसका साथै, स्मार्ट प्रयोगकर्ताले मोबाइल वालेट ईसेवा र खल्तीबाट स्मार्टको रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक पनि प्राप्त गर्नेछन् ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us