Economy News

test

साताको अन्तिम दिन नेप्सेमा वृद्धि

काठमाडौँ – साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ७ अंकले उकालो लागेको छ । पछिल्लो समय घटबढ भईरहेको नेप्से परिसुचक बिहीबार ७ दशमलव ५३ अंकले उकालो लाग्दै १४ सय ३९ विन्दुमा गएर रोकिएको  हो ।नेप्सेका अनुसार बिहीबार सबै समुहका परिसुचकहरु उकालो लागेका छन् । जसमध्ये जिवन बीमा समुहको परिसुचक सबैभन्दा धेरै ५५ अंकले उकालो लागेको छ ।यस्तै निर्जिबन बीमा समुहको परिसुचकमा पनि बिहीबार ५० अंकको उछाल आएको छ । बिहीबार उत्पादनमुलक समुहको परिसुचक २७ अंकले उकालो लाग्दा लघुवित्त समुहको परिसुचक १५ अंकले बढेको छ । यस्तै बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक पनि बिहीबार ५ अंकले उकालो लाग्दा होटल समुहको परिसुचक १३ अंकले उकालो लागेको हो ।

आज बिहानैदेखि घटबढ भईरहेको बजारमा १ सय ८९ कम्पनीका ३४ लाख ३० हजार ५ सय ३२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ३२ करोड २ लाख ६६ हजार ६ सय ७८ रुपैयाँ पुगेको छ । आज विभिन्न ९ ओटा कम्पनीको सेयरमूल्यमा ९ प्रतिशत बढीको वृद्धि भएको छ । यस्तै बिहीबार खानीखोला हाईड्रोपावर कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट लागेको थियो ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us