Economy News

test

नेटवर्किङ व्यवसायका विषयमा अध्ययन गर्न उपसमिति गठन

 

काठमाडौं संसद्को उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसायका विषयमा अध्ययन गर्न उपसमिति गठन गरेको सांसद सोमप्रसाद पाण्डे संयोजक रहने गरी समितिले नेटवर्किङ व्यवसाय प्रत्यक्ष वस्तु बिक्रीका विषयमा अध्ययन गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको हो समितिका अन्य सदस्यहरूमा कृष्णकुमार श्रेष्ठ, अमृता अग्रहरी, प्रकाश रसाइली सरिता गिरी रहेका छन्

 

समितिको छलफलमा सांसदहरूले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ अनुसार अनुमति पाएका कम्पनीहरूले नेटवर्किङ व्यवसायकै रूपमा अगाडि बढेको भन्दै सांसदहरूले आपत्ति जनाएका थिए

ऐनअनुसार अनुमति दिने काम रोक्न सांसदहरूले माग गरेपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेटवर्किङ व्यवसाय प्रत्यक्ष वस्तु बिक्री फरक भएको बताए अहिले दर्ता भएका कम्पनीले नेटवर्किङ व्यवसाय गरेको पाइएमा कुनै पनि हालतमा छुट नदिने बताए

 

समिति सभापति विमलप्रसाद श्रीवास्तवका अनुसार उपसमितिले १५ दिनभित्र सम्बन्धित निकाय, विभाग, मन्त्रालय सम्बन्धित व्यक्तिहरूसँग छलफल गरी आफ्नो राय पेस गर्ने बताए सरकारले ल्याएको ऐनअनुसार अहिले सातवटा कम्पनीले अनुमति प्राप्त गरेका छन् ती कम्पनीबाट उपभोक्ता नठगिने गुणस्तरीय वस्तुको बिक्रीवितरण हुने उनले बताए

 

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us