Economy News

test

साँढे पाँच महिनापछि अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु, पहिलो दिन एउटामात्रै उडान

काठमाडौँ —२०७६ चैत ९ गतेदेखि रोक लगाइएको व्यवसायिक अन्तर्राष्ट्रिय उडान १ सय ६२ औं दिनपछि (मंगलबारदेखि) सुचारु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार पहिलो दिन नियमित उडानमा नेपाल वायुसेवा निगमको एउटामात्रै उडानको तालिका रहेको छ ।

मंगलबार चार्टर तथा कार्गोतर्फ ५ वटा उडान भए । विमानस्थलका अनुसार नेपाल वायुसेवा निगमले दोहाबाट १ सय ३८ जना र हिमालय एयरलायन्सले १ सय २६ यात्रु ल्याएका थिए । त्यसैगरी नेपाल वायुसेवा निगमको एउटा विमान कुवेत गएको थियो । कार्गो चार्टर उडानतर्फ एयर अरेबियाले सारजहाबाट ६६ सय ५० केजी कार्गो ल्याएर आएको थियो भने कार्गो लिन हिमालयको जहाज साझ कुन्मिङका लागि उडेको थियो ।

उनका अनुसार निगमको वाइडबडी राति जापानको नारिता उड्दै छ । लकडाउनको ५ महिनापछिको यो नै पहिलो व्यवसायिक उडान हो । निगमका अनुसार यो उडानमा काठमाडौंबाट १ सय ७१ जना जाँदै छन् भने नारिताबाट २ सय २० जना यात्रु बुधबार दिउँसो काठमाडौं आउँदैछन् ।

विमानस्थलमा चार्टर र नियमित उडानबाट आउने यात्रुहरुलाई छाउनीस्थित कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) मातहतको सैनिक टोलीले काठमाडौंका चार स्थानमा बनाइएका होल्डिङ सेन्टरमा लैजाने गरेको छ ।

सीसीएमसीका एक सहसचिवका अनुसार ती सेन्टरमा यात्रुहरुको विस्तृत विवरण लिइसकेपछि मात्रै छाडिने गरेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us