धमाधम वित्तीय स्थिति सार्वजनिक, अधिकांशको मुनाफा उच्च रहेको दाबी
काठमाडौं । आर्थिक वर्ष २०७६/७७ समाप्त भई नयाँ आर्थिक वर्षको पहिलो महिना सकिन लाग्दा अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले धमाधम आआफ्ना वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । कोरोनाले झण्डै चार महिना लकडाउन रहेको अवस्थामा पनि अधिकांश बैंकहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो मुनाफा गर्न सकेको दाबी गरेका छन् । आजै मात्र सार्वजनिक गरेका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक अवस्थालाई हेर्दा मुनाफामा गएको देखिनछ । कतिपयको भने अघिल्लो वर्षके तुलनामा मुनाफा हुन नसकेको र कतिपयको खराव कर्जा निकै नै रहेको पाइन्छ । यहाँ केही बैंक तथा वित्तीय संस्थाहरुको आज सार्वजनिक गरिएको आर्थिक अवस्था प्रस्तुत गरिएको छ ।
