हकप्रद जारी गर्न अरुण भ्यालीलाई अनुमति
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत् नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले साउन १६ गते विद्युत् नियमन आयोगको अनुमति पाएको हो । उक्त कम्पनीले निष्कासन गर्ने हकप्रद शेयरलाई केयर रेटिङ नेपालको ग्रेड ४ रेटिङ प्रदान गरेको छ । कम्पनीले ९९ लाख ८३ हजार २३१ कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि रेटिङ गराएको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीको नाफा ३८ दशमलव ९१ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा कम्पनीले रू. ५ करोड ७९ लाख नाफा कमाएको हो । यो नाफा गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ४ करोड १७ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले विद्युत् विक्रीबाट रू. ४ करोड २० लाख आम्दानी गरेकोमा चालू आवको तेस्रो त्रैमासमा उक्त कम्पनीले रू. ५ करोड ४७ लाख आम्दानी गरेको हो ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीले अन्य स्रोतबाट रू. ४ करोड ९२ लाख आम्दानी गरेको छ । चुक्तापूँजी रू. ९३ करोड ३० लाख रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. ६ करोड ६८ लाख सञ्चित गरेको छ हो । प्रतिशेयर आम्दानी रू. ८ दशमलव २९, मूल्य आम्दानी अनुपात ११ दशमलव २२, तरलता अनुपात २ दशमलव ३७ र प्रतिशेयर नेटवर्थ रू. ११४ दशमलव ५४ छ ।
