Economy News

test

अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन

डोटी । बिहीबार दिउँसोदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लामा अवरुद्ध भएको विद्युत् सेवा पुनः सञ्चालन भएको छ । कैलालीको अत्तरीयाबाट वितरण हुँदै आएको १३३ केभीए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुडिएका कारण दुई दिनदेखि अवरुद्ध भएको विद्युत्  सेवा गएरातिदेखि सञ्चालन भएको हो । विद्युत् अवरुद्ध हुँदा डोटीसहित डडेल्धुरा, अछाम, बाजुरा जिल्लाको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको थियो ।

 विद्युत् सेवा सञ्चालन भएसँगै बन्द भएका यहाँका सम्पूर्ण काम तथा सेवाहरु नियमित भएको डोटी साना जलविद्युत् कार्यालय दिपायल पिपल्लाले जनाएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा बन्द भएका स्थानीय रेडियो तथा पत्रपत्रिकाहरु अहिले पुनः सञ्चालन भएको पत्रकार रामहरि ओझाले जानकारी दिनुभयो । एक सय ३३ केभिए प्रशारण केन्द्रमा हरेका हाइटेन्टसनका पोलहरुमा बेलाबेलामा आउने खराबी तथा तार चुडिने गरेका कारण यहाँका पहाडी जिल्लामा पटकपटक विद्युत् सेवा अवद्ध हुँदै आएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us