अव मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताको विवरण बायोम्याट्रिक प्रणालीमा
काठमाडौं ।आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताको विवरण बायोम्याट्रिक प्रणालीमा अध्यावधिक गर्ने भएको छ । सो प्रयोजनका लागि सम्बन्धित कर कार्यालयमा पुगेर आफ्नो विवरण अध्यावधिक गराउन विभागले करदातालाई आहृवान समेत गरेको छ ।विभागका अनुसार २०७८ असार मसान्तसम्म भ्याटमा दर्ता भएका करदाताको विवरण बायोम्याट्रिक प्रणालीमा अध्यावधिक गर्ने लक्ष्य राखिएको छ ।
कर कार्यालयले दिएको करचुक्ता प्रमाणपत्रको आधिकारिकता अब करदाताले घरमै बसेर कम्प्युटरको माध्यमबाट हेर्न सक्ने भएका छन् ।
आन्तरिक राजस्व विभागले वेवसाइट अध्यावधिक गर्दै करचुक्ताको प्रमाणपत्र प्राप्त भए नभएको खोजी गर्न सकिने प्रणाली राखेको छ । वेबपोर्टलबाट आफ्नो प्यान नम्बर, आर्थिक वर्ष र प्रमाणपत्र नम्बर राखेपछि प्रमाणपत्रले आधिकारिकता पाए-नपाएको हेर्न सकिने गरी प्रणाली विकास गरिएको हो ।
