Economy News

test

सवैभन्दा धेरै सुन अ‍ेमिरिकामा, यी हुन सुन बढी हुने १० देश

काठमाडौं- विश्व गोल्ड काउन्सिलले हजारौं टन सुन भएको देशको शीर्ष १० सूची जारी गरेको छ। पहिलो स्थानमा अमेरिका रहेको छ ।

हाम्रा छिमेकी देशहरु चीन र भारत पनि सुन मौज्जात बढी भएका १० वटा देशमा पर्छन् ।

बिजनेस ईन्साइडरले जारी गरेको एक रिपोर्टका अनुसार अमेरिकामा विश्वमा सब भन्दा ठूलो सुनको भण्डार रहेको छ। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकासँग ८ हजार १ सय ३३ टन सुन मौज्जात रहेको छ ।

सुनको बढी मौज्जात गर्ने दोस्रो स्थानमा जर्मनी हो, जससँग कूल ३ हजार ३६३ टन सुन छ ।
तेस्रो स्थानमा इटाली छ । इटालीसँग २४ सय ५१ टन मेट्रिक टन सुन भण्डारको साथ इटाली छ।
सुन भण्डारको गर्ने चौथो देशमा फ्रान्स पर्छ । फ्रान्ससँग जम्मा २४३६ मेट्रिक टन सुन भण्डार छ। पाँचौं स्थानमा रूस रहेको छ । रूससँग २२९९ मेट्रिकटन सुनको मौज्जात छ ।

छैठौं स्थानमा नेपालको उत्तरी छिमेकी देश चीन पर्छ । चीनसँग १९४८ मेट्रिक टन सुन छ। सातौं स्थानमा यूरोपियन देश स्विजरल्याण्ड रहेको छ । जसँग १ हजार ४० मेट्रिक टन सुन छ।

आठौं स्थानमा रहेको एसियाली देश जापान हो । जापानसँग ७६५ मेट्रिक टन सुन भण्डार छ।
यस्तै नवौ स्थानमा नेपालको दक्षिणी छिमेकी देश भारत रहेको छ ।

भारतसँग ६५७.७ मेट्रिक टन सुनको भण्डारण रहेको छ । १० औ स्थानमा नेदरल्याण्ड पर्छ । नेदरल्याण्डसँग ६१२.५ मेट्रिक टन सुनको मौज्जात छ ।

ऐजेन्सी

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us