Economy News

test

निषेधाज्ञा अवधिमा सेयर कारोबार के हुन्छ ?

काठमाडौं –
नेपाल धितोपत्र बोर्डले निषेधाज्ञा अवधिमा पनि सेयर बजार नियमित समयमै (बिहान ११ देखि दिउँसो ३ बजेसम्म) सञ्चालन हुने बताएको छ । यसअघि नेप्सेले पनि बजार नियमितरुपमा सञ्चालन हुने जानकारी गराएको थियो ।

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने, ‘ निषेधाज्ञा अवधिमा पनि नेप्सेको कारोबार अहिलेकै जस्तै नियमित हुन्छ ।’ यता, बजार सञ्चालक तथा नियामक निकायहरुले पूर्णअनलाइन प्रणालीको कारोबारलाई जोड दिएका छन् । ग्राहकहरु ब्रोकर कार्यालयमा जानुपर्र्ने बाध्यता छैन । कारोबार तथा भुक्तानीका कामहरु अनलाइन प्रणालीबाट सम्पन्न गर्न सकिन्छ ।कोरोना संक्रमण बढ्दै गएपछि बुधबार रातिदेखि काठमाडौं उपत्यकामा एक सातासम्म निषेधाज्ञा जारी हुँदैछ । सोही कारण कतिपय लगानीकर्ता बजार खुल्छ वा खुल्दैन भन्नेमा अन्योलमा पनि रहेका थिए । तर बजार सञ्चालक र नियामकले नेप्से कारोबार नियमित हुने बताएका हुन् ।

नेप्सेको पछिल्लो तथ्यांक अनुसार अनलाइनबाट दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या ४७ हजार नाघेका छन् । दोस्रो बजारमा सक्रिय भएर सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या २ लाख ६४ हजार ६३३ जना रहेको नेप्सेको तथ्यांकमा उल्लेख छ ।

यता, सीडीएसको तथ्यांक अनुसार १७ लाख ७६ हजार ३३७ जनाको हितग्राही खाता (डिम्याट अकाउन्ट) रहेको छ । यसआधारमा अहिलेसम्म आफैंले पूर्णप्रविधि प्रयोग गर्ने लगानीकर्ताको संख्या भने न्यून रहेको देखिन्छ । तथापि, पछिल्लो समयमा अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताको संख्या भने बढ्दै गएको छ । सरकारले बुधबार अर्थात भदौ ३ गते मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us