Banking News

test

प्रविधिमा अभ्यस्त नहुँदा बैंकमा आइपीओ भर्नेको भीड

काठमाडौं – तीन वटा कम्पनीले एकैपटक आइपीओ बिक्रीमा ल्याएपछि बैंकमा आइपीओ भर्नेको भीड बढेको छ। एकातिर तीन कम्पनीले एकैपटक आइपीओ बिक्रीमा ल्याएका कारण मेरो शेयरमा अत्याधिक लोडका कारण समस्या देखिएको छ भने अर्कोतिर निषेधाज्ञाको कारण बैंकहरुले उपत्यकामा ३ वटा शाखा कार्यलय मात्रै खोलेका छन्। सर्वसाधारण अझै पनि पूर्ण रुपमा प्रविधिमा अभ्यस्त नभइसकेका कारण बैंकमै गएर आवेदन गर्नुपर्ने केहिको बाध्यता छ।

मेरो शेयर नचलेको कारणले पनि बैंकबाटै आवेदन गर्न थालेका छन् तर बैंकहरुले तीनवटा शाखा कार्यलय मात्रै सञ्चालन गर्दा बैंकमा बढी भीडभाड देखिएको हो। बैंकहरूले थोरै शाखा कार्यलय सञ्चालनमा ल्याएपछि अन्य शाखामा जाने ग्राहक पनि हिडेरै भए पनि ती खुलेका शाखामा पुगेका छन्। अहिले बैंकमा सिआरएन नंबर लिने र आइपीओ भर्नेको भीड नै बढी छ। बैंकमा अन्य काम भन्दा पनि आइपीओ भर्नेको भीड बढी छ। केहि निक्षेप राख्न र भुक्तानी लिन आएपनि धेरैजसो आइपीओ भर्नकै लागि बैंक पुगेका छन्। आइतबारसम्म लिवर्टी इनर्जी,समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्स गरी तीन वटा कम्पनीले आइपीओ बिक्रीमा ल्याएका थिए। आइतबारदेखि लिवर्टी इनर्जिको आइपीओ बिक्री बन्द भइसकेको छ भने समाज लघुवित्त र रिलायन्स लाइफको सोमबारदेखि बन्द हुने छ।

आइपीओ बिक्रीमा ल्याएको पहिलो दिन मेरो शेयरमा समस्या देखिएपछि निकै न्युन मात्रामा आवेदन परेको थियो। दोस्रो दिनदेखि भने आवेदन ह्वातै बढेको थियो। यसअघि मेरो शेयर नलिएकाले बैंकमा लाइन लागेर भए पनि आइपीओ भर्नुपर्ने बाध्यता रहेको एनआइसी एशिया बैंक आइपीओ भर्न पुगेका एक लगानीकर्ता बताउँछन्। अहिले मेरो शेयरमार्फत घरमै बसेर अनलाइनमार्फत आइपीओ भर्न सकिने भए पनि प्रविधिमा अभ्यस्त हुन नसक्दा बैंकमा गएर आवेदन गर्नेको भीड लागेको हो। एकातिर कतिपय बैंककै कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ भने उपत्यकामा दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। यस्तो अवस्थामा बैंकमा भएको भीडभाडले गर्दा कोरोना संक्रमणको जोखिम झनै बढेको छ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us