साताको अन्तिम दिन आज शेयर बजारमा सामान्य गिरावट
काठमाडौं – साताको अन्तिम दिन आज बिहीबार शेयर बजारले ओरालो यात्रा तय गरेको छ । बिहीबार शेयर बजारमा सामान्य गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ०.१५ अंकले घटेर एक हजार ५१०.४२ मा पुगेको छ । नेप्से ०.०१ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.१४ अंकले बढेर ३०४.७३ मा पुगेको छ ।
कूल १८६ वटा कम्पनीको ९३ लाख २ हजार ९ सय ७० कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ६३ करोड ४८ लाख ८६ हजार २ सय ३१ रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहको शेयर घटेको छ भने बाँकी ७ वटा उपसमूहको शेयर बढेको छ ।
