Economy News

test

महासंघको साधारण सभा पुनः स्थगित

काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघको असार गते भएको सोह्रौ कार्यकारिणी समितिको वैठकले  ५४ औं वार्षिक साधारण सभा एवं निर्वाचन साउन २६ २७ गते गर्ने कथमकदाचित उक्त मितिमा ५४ औं वार्षिक साधारण सभा निर्वाचन हुन नसक्ने स्थिति भएमा पदाधिकारी समिति वा स्थायी समितिबाट छलफल गर्ने निर्णय भए अनुसार साउन गते सवै पूर्व अध्यक्षहरु समेत सम्मिलित पदाधिकारी समितिको वैठकले कोभिड १९ को जोखिमको न्यूनिकरणलाई ध्यानमा राखी नेपाल सरकार मन्त्रीपरिषद्ले अर्को सूचना जारी नभएसम्म सवै प्रकारका सभा सम्मेलन नगर्ने निर्णयलाई सम्मान गर्दै साउन २६ २७ गते गर्ने भनिएको ५४ औं वार्षिक साधारण सभा हाललाई स्थगित गरी नेपाल सरकारवाट सभा सम्मेलन गर्ने दिने निर्णय भएको १५ दिन भित्र ५४औं वार्षिक साधारण सभा निर्वाचनको कार्य अघि वढाउने निर्णय भएको थियो

 

साथै उक्त वैठकले कथम कदाचित सभा सम्मेलन गर्न दिने नेपाल सरकारको निर्णय लामो अवधि सम्म लम्विएमा ५४औं वार्षिक साधारण सभा गर्ने वारे ढाचा प्रकृया तयार गरी ५४औं वार्षिक साधारण सभाको कार्यलाई अघि वढाउने निर्णय समेत गरियो उक्त निर्णय उपर उपाध्यक्षद्वयले आफ्नो असहमति जनाउंदै फरक मत राखिएको यसै सिलसिलामा साउन गते २१ जना कार्यकारिणी समितिका सदस्यहरुबाट ५४ आंै वार्षिक साधारण सभा एवं निर्वाचनको विषयसूची राखी कार्यकारिणी समितिको वैठक बोलाउन निवेदन दिइयो

 

यसैगरी साउन १४ गते ३४ जना कार्यकारिणी समितिका सदस्यहरुबाट साउन गते भएको पदाधिकारी समितिको वैठकको निर्णयलाई स्वागत गर्दै निकट भविष्यमा सम्पन्न हुने ५४ औं वार्षिक साधारण सभा निर्वाचन प्रकृयाका विषयमा छलफल गर्न कार्यकारिणी समितिको वैठक बोलाउन निवेदन दिइएको सन्दर्भमा साउन २१ गते बोलाइएको कार्यकारिणी समितिको वैठकले कोभिड १९ बाट देशमा उत्पन्न त्रास तथा जोखिम समेतलाई मध्यनजर गरी महासंघको ५४ औं वार्षिक साधारण सभा एवं निर्वाचन के कसरी अगाडी बढाउने भन्ने बारे ढांचा तथा प्रकृया तयार गर्न जिल्ला, वस्तुगत एशोसिएट क्षेत्रका कार्यकारिणी समितिका सदस्यहरु डि.बी. बस्नेत, अरुण राज सुमार्गी, सुनिल गोपाल श्रेष्ठ, विनोद ढकाल, रञ्जितराज आचार्य, भरतराज आचार्य सम्मिलित समिति गठन गर्ने निर्णय गरियो

 

समितिले ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन गर्ने सम्बन्धमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा निकायहरु, उद्योगी व्यवसायीहरु, स्वास्थ्य सम्बन्धी विज्ञहरुका साथै सरोकारवाला सवै पक्षहरुसंग छलफल गरी महासंघलाई प्रतिवेदन उपलब्ध गराउने समितिबाट प्रस्तुत प्रतिवेदन पदाधिकारी समिति कार्यकारिणी समितिमा छलफल गरी ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचनको कार्य अगाडी बढाउने निर्णय भएको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us